नदीको बाढीमा फसेका एकै परिवारका तीन जनाको सकुशल उद्धार

डिसी नेपाल
३ असोज २०८३ २२:१९

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदीमा अचानक आएको बाढीका कारण बीच भागमै फसेका तीन जना स्थानीयको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

घाँस-दाउरा लिन नदीपारि गएका कपिलवस्तु नगरपालिका–९ कुस्माका ६० वर्षीया दुर्गादेवी ज्ञवाली, ३२ वर्षीया तुलसा ज्ञवाली र १० वर्षीया बिन्दु ज्ञवाली नदीमा पानीको बहाव तीव्र बनेपछि जोखिममा परेका थिए।

घटनाको जानकारी पाउनासाथ खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार राति करिब ८ बजे उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए।

लगातारको वर्षाका कारण बाणगंगा नदीमा जलस्तर बढ्दै गएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण आवतजावत नगर्न प्रशासन तथा प्रहरीले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *