सुनसरीको देवानगञ्जमा अज्ञात समूहद्वारा गोली प्रहार, घाइते यादवको विराटनगरमा उपचार हुँदै

डिसी नेपाल
३ असोज २०८३ १९:५७

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन्। देवानगञ्ज गाउँपालिका-१, मध्यहर्षाही क्षेत्रमा शनिबार साँझ उक्त घटना भएको हो।

गोली प्रहारबाट स्थानीय निरज यादव घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको र हाल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *