अष्ट्रेलियामा नेपाली जनसम्पर्क समितिको पाँचौँ अधिवेशन सम्पन्न
सिड्नी (अष्ट्रेलिया) । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशन भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। पार्टीका महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्य तथा जनसम्पर्क समिति अष्ट्रेलियाका सभापतिको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रममा महिला, खेलकुद क्षेत्रका नेतृत्व तथा प्रतिनिधिहरूसँगै जेनजी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बाक्लो उपस्थिति र विविध क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले अधिवेशनलाई थप उत्साहपूर्ण र भव्य बनाएको थियो।
अधिवेशनमा प्रवासी नेपालीहरूको हकहित, संगठन सुदृढीकरण तथा मातृभूमिको विकासमा प्रवासमा रहेका नेपालीहरूको भूमिकाका विषयमा छलफल भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment