एमाले केन्द्रीय कमिटी बैठकअघि कार्यदल र सचिवालयको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको आगामी केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्ने समयतालिका तय भएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ४ गते बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा कार्यदलको बैठक बोलाइएको छ। यसअघि कार्यदलमा प्रस्तुत दुई फरक प्रतिवेदनलाई मिलाएर एउटै एकीकृत प्रतिवेदन तयार पार्ने उद्देश्यले यो बैठक डाकिएको हो। प्रतिवेदनमा समझदारी जुटाउने प्रयास भइरहेकाले यस बैठकलाई एमालेभित्र चासोका साथ हेरिएको छ।
कार्यदलको बैठकलगत्तै सोही दिन (असोज ४ गते) दिउँसो १ बजे च्यासलमै केन्द्रीय सचिवालयको बैठक बस्नेछ।
कार्यदल र सचिवालय बैठकले आवश्यक निर्णय गरेपछि असोज ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ। केन्द्रीय कमिटीको बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आयोजना हुने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए। बैठकमा पेस गरिने मुख्य प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले तयार पारिरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment