‘नयाँ नेपाल’ र ‘कारबाही’ को नाममा देश खरानी बनाउनेहरू एउटै टेबलमा रमाए : ज्ञानेन्द्र शाही

डिसी नेपाल
३ असोज २०८३ २०:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘नयाँ नेपाल’ र ‘भ्रष्टाचार नियन्त्रण’को नारा दिएर नेतृत्वमा पुगेका दलहरूका कारण देश पछाडि धकेलिएको आरोप लगाएका छन्।

नेता शाहीले विगतको सशस्त्र द्वन्द्व र पछिल्ला राजनीतिक घटनाक्रमप्रति कडा टिप्पणी गर्दै जनजीविका र सुशासनको नाममा जनतालाई केवल निराशा मात्र हात लागेको बताए।

‘एउटाले ‘नयाँ नेपाल बनाउँछु’ भन्यो- १७ हजार मान्छे मरे, १० वर्ष देश द्वन्द्वमा धकेलियो र भौतिक संरचना ध्वस्त भए। आज ८० लाखभन्दा बढी नेपाली विदेशमा पसिना बगाउन बाध्य छन्,’ शाहीले भने, ‘अर्काले ‘भ्रष्टाचारीलाई जेल हाल्छु र संविधान संशोधन गर्छु’ भन्यो, ७६ जना युवाको ज्यान गयो, देश खरानी भयो।’

उनले विगतमा गरिएका बाचा पूरा नभएको दाबी गर्दै थपे, ‘न भ्रष्टाचारी जेल परे, न त संविधान संशोधन नै भयो। बरु भ्रष्टाचारीहरू र ‘कारबाही गर्छु’ भन्दै देशलाई घाटा पुर्‍याउनेहरू आज शीतल निवासमा एउटै टेबलमा बसेर सत्ताको मजा लिइरहेका छन्। सत्य तीतो हुन्छ, तर यथार्थ यही हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *