आजको राशिफल: कर्कट र मकरलाई जोगिन सुझाव, मिथुन र धनुलाई शुभ

डिसी नेपाल
४ असोज २०८३ ६:१४

आजको दिन अधिकांश राशिका लागि सकारात्मक रहे पनि केही राशिका जातकहरूले भने विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

मेष मेष राशिका जातकका लागि आजको दिन राम्रो रहनेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा अघि बढ्नु उपयुक्त हुनेछ भने वैदेशिक रोजगारी वा बाह्य माहोलले मन आकर्षित गर्नेछ। पूर्वलगानीबाट फाइदा हुने योग छ, तर आफ्नो श्रमको फल अन्य व्यक्तिले लिन सक्ने भएकाले सतर्क रहन आवश्यक छ।

वृष वृष राशिका लागि दिन सामान्य रहनेछ। आज खर्च बढ्न सक्ने भएकाले धन जोगाउने प्रयास गर्नुहोला। राजनीतिक तथा सामाजिक सेवाका अवसर प्राप्त हुनेछन्। यद्यपि, दाजुभाइ तथा बन्धुबान्धवसँगको व्यवहारमा भने सचेत हुनुपर्छ।

मिथुन दिन सकारात्मक छ। दाजुभाइसँगको कार्यएकता र सहकार्यले विशेष फाइदा पुर्‍याउनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुने देखिन्छ। पारिवारिक मेलमिलाप कायम रहनेछ भने धार्मिक कार्यप्रतिको रुचिमा केही कमी आउन सक्छ।

कर्कट कर्कट राशिका जातकहरूले आज विशेष जोगिएर काम गर्नुपर्नेछ। बोलीमा नियन्त्रण राख्नुहोला; धेरै बोल्नाले बन्न लागेका काममा अवरोध आउन सक्छ। आफ्ना योजना र गोपनीयता कायम राख्नु नै आजका लागि फाइदाजनक हुनेछ।

सिंह सिंह राशिका लागि दिन निकै राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण अवसरहरू प्राप्त हुनेछन्। व्यापार–व्यवसायको लगानीले राम्रो प्रतिफल दिनेछ। यस राशिले पनि गोपनीयता कायम राखेर अघि बढ्नु हितकर हुनेछ।

कन्या कन्या राशिका लागि दिन मध्यम रहनेछ। स्वास्थ्यमा केही समस्या आउन सक्ने र पारिवारिक मनमुटाव हुनसक्ने सम्भावना छ। विरोधीहरूसँग सतर्क रहनुहोला। यद्यपि, शिक्षा र वैदेशिक रोजगारीका क्षेत्रमा भने श्रमको उचित मूल्याङ्कन हुनेछ।

तुला दिन अनुकूल रहनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले राम्रो नतिजा दिनेछ। सामाजिक सङ्घसंस्थामा मान-सम्मान वृद्धि हुनेछ भने उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाटले मनमा शान्ति र उत्साह थप्नेछ।

वृश्चिक वृश्चिक राशिका लागि आजको दिन शुभ छ। समाजमा मान-सम्मान प्राप्त हुनेछ भने प्रशंसा गर्नेहरूको सङ्ख्या बढ्नेछ। कृषि क्षेत्रको लगानीबाट नाफा आर्जन गर्न सकिनेछ। परिवारको साथ र सहयोग लिएर अघि बढ्नु उत्तम हुनेछ।

धनु धनु राशिका जातकका लागि घुमघाम र मनोरञ्जनको योग छ। धर्मकर्ममा मन रमाउनेछ। बौद्धिक व्यक्तिहरूसँगको परामर्शमा गरिएका कामबाट राम्रो फाइदा मिल्नेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि सुधारका संकेत देखिनेछन्।

मकर मकर राशिका लागि दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनुका साथै स्वास्थ्यमा केही समस्या र शत्रुहरूको प्रभाव बढ्न सक्छ। तर, दाजुभाइसँगको सहकार्य र सहमतिमा गरिएका कामबाट भने फाइदा पुग्नेछ।

कुम्भ दिन उत्साहजनक रहनेछ। रमाइलो घुमघामको योजना बन्न सक्छ भने पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार आउनेछ। पारिवारिक सहयोगमा अघि बढ्दा सफलता मिल्नेछ।

मीन मीन राशिका लागि आजको दिन निकै शुभ छ। सहयोग गर्ने साथीभाइहरूको सङ्ख्या बढ्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा सकारात्मक सुधारका संकेतहरू देखिनेछन्। परिवारसँगको सम्बन्ध थप सुमधुर र प्रगाढ बन्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *