आजको राशिफल: कुन राशिलाई शुभ, कसलाई संकट?
आजको दिन केही राशिका लागि वैदेशिक, व्यापारिक तथा पारिवारिक क्षेत्रमा सफलतादायक रहनेछ भने केही राशिका जातकलगायतले बोल्दा र काम गर्दा सजगता अपनाउनुपर्ने देखिन्छ।
विभिन्न १२ राशिको आजको राशिफल यस प्रकार छ:
-
मेष: दिन सामान्य राम्रो रहनेछ। सानातिना कुराले मन अशान्त हुने र शारीरिक कष्ट बढ्ने सम्भावना रहेकाले थोरै बोल्नु हितकर हुनेछ। संकटको समयमा परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ।
-
वृष: दिन निकै राम्रो छ। धन लाभ हुनुका साथै व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ। पारिवारिक सहकार्य र सहकर्मीको साथ पाइनेछ भने नजिकैको सुखद् यात्राको योग रहेको छ।
-
मिथुन: आज सोचेर मात्र बोल्नुपर्नेछ। व्यापारमा घाटा र परिवारसँग विवाद हुनसक्ने जोखिम छ। मनमा असन्तुष्टि बढे पनि दाम्पत्य जीवन सुखमय रहनेछ र प्रेममा सफलता मिल्नेछ।
-
कर्कट: आजको दिन उत्तम छ। पढाइ र प्रेम सम्बन्धमा सफलता प्राप्त हुनेछ। रचनात्मक तथा कलाकारिता क्षेत्रमा मन जानेछ भने लगानीबाट फाइदा र सन्तानको व्यवहारले मन शान्त हुनेछ।
-
सिंह: दिन सामान्य रहनेछ। खर्च बढ्ने र साना कुराले मन अशान्त वा निराश हुनसक्छ। साथीहरूसँग विवाद नगरी सहकार्य गर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्दा राम्रो हुनेछ।
-
कन्या: दिन सामान्य छ। पशुधनबाट फाइदा मिल्नेछ। नयाँ संकट आइपरेमा आफन्त र साथीभाइको सहयोग पाइनेछ। विज्ञको सुझाव लिएर तथा मनको कुरा नछुपाई काम गर्नु फलदायी हुनेछ।
-
तुला: दिन राम्रो छ। सम्पत्तिको सही सदुपयोग गर्नुहोला। बोल्दा संयमित हुनुपर्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ भने प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ।
-
वृश्चिक: आजको दिन अत्यन्त उत्तम छ। रोकिएका र नयाँ कामहरू सहजै बन्नेछन्। मन शान्त रहनेछ भने पारिवारिक साथ, सुखमय दाम्पत्य जीवन र सुमधुर प्रेम सम्बन्धको योग छ।
-
धनु: दिन सामान्य राम्रो छ। साथीभाइ र परिवारको सहयोगमा गरिएका काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि दिनेछ भने सामाजिक र राजनीतिक क्षेत्रमा सहयोगी हातहरू भेटिनेछन्।
-
मकर: दिन शुभ छ। मन प्रसन्न रहनेछ भने स्वास्थ्यमा सुधार आउनेछ। शत्रुमाथि विजय मिल्ने र रोग नियन्त्रण हुनेछ। पारिवारिक सहयोगमा गरिएको लगानीले राम्रो फाइदा दिनेछ।
-
कुम्भ: आजको दिन निकै शुभ छ। नयाँ कामको अवसर प्राप्त हुनुका साथै साथीभाइको राम्रो साथ मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मन हलुका हुनेछ र धार्मिक कार्यबाट दिनको सुरुवात गरे काम सहज हुनेछ।
-
मीन: बौद्धिक क्षेत्रमा गरिएका प्रयास सफल हुनेछन् र कार्यक्षेत्रमा सफलता मिल्नेछ। तर, ठगहरू सक्रिय रहेकाले काम गर्दा विशेष सचेत हुनुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरिएका काम सफल हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment