आजको राशिफल: कुन राशिलाई कस्तो छ दिन?
मेष
आजको दिन सामान्य रहनेछ। सानातिना कुराले अल्झन सिर्जना गर्न सक्ने भएकाले सचेत रहनुहोला। कार्यक्षेत्रमा सहकर्मीबाट अपेक्षाकृत सहयोग नमिल्न सक्छ। यद्यपि, प्राविधिक शिक्षाको क्षेत्रमा गरिएको मेहनतको उचित प्रतिफल मिल्नेछ। अग्रजको मार्गदर्शन लिएर काम गर्दा दिन सहज बन्नेछ।
वृष
दिन शुभ छ। विरोधीहरूले समेत तपाईंको कामको प्रशंसा गर्नेछन्। स्वदेशभन्दा विदेशप्रतिको आकर्षण बढ्नेछ र वैदेशिक क्षेत्रको लगानीबाट राम्रो लाभ मिल्नेछ। पारिवारिक साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।
मिथुन
तपाईंको बोलीको प्रभावले रोकिएका महत्त्वपूर्ण काम बन्नेछन्। स्वास्थ्यमा सकारात्मक सुधारका संकेत देखिनेछन्। शिक्षामा गरिएको लगानीले राम्रो फल दिनेछ भने परिवारसँगको सम्बन्ध थप सुमधुर बन्नेछ।
कर्कट
दिन मध्यम रहनेछ। नयाँ तथा ठूलो लगानी गर्नबाट जोगिनुहोला। हतार वा गलत निर्णयले पश्चाताप गराउन सक्ने भएकाले परिवारको सल्लाहमा अघि बढ्नु उत्तम हुनेछ। प्रेम सम्बन्ध भने मधुर रहनेछ।
सिंह
यात्रा गर्दा जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउनुहोला। खर्चमा वृद्धि हुनेछ भने साथीभाइसँग मनमुटावको सम्भावना छ। लगानी डुब्ने खतरा रहेकाले आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउनुहोला।
कन्या
दिन अनुकूल छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने पूर्वलगानीबाट लाभ मिल्नेछ। पारिवारिक मेलमिलाप र प्रेम सम्बन्ध सुदृढ हुने योग छ। यद्यपि, ससाना कुराले मनमा केही अशान्ति ल्याउन सक्छ।
तुला
धनलक्ष्मी योग परेकाले आजको दिन निकै राम्रो छ। प्राप्त सम्पत्तिको सही सदुपयोग गर्नुहोला। व्यापार र प्राविधिक शिक्षातर्फका प्रयास सफल हुनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने दैनिक काममा केही ढिलासुस्ती हुन सक्छ।
वृश्चिक
दिन उत्साहजनक रहनेछ। परिवारका सदस्यहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनुका साथै शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सरकारी वा राज्यको तर्फबाट सुविधा प्राप्तिको योग छ।
धनु
दिन सामान्य रहनेछ। अनावश्यक क्षेत्रमा सञ्चित धन खर्च हुन सक्छ। स्वास्थ्यमा भने केही सुधार देखिनेछ। राज्य पक्षबाट भय वा त्रासको जोखिम रहेकाले सजग रहनुहोला। पारिवारिक सहयोग लिएर अघि बढ्नु हितकर हुनेछ।
मकर
दिन शुभ छ र मन प्रसन्न रहनेछ। विपक्षीहरूबाट पनि साथ-सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा भने अझ बढी मिहिनेतको आवश्यकता देखिन्छ। सरकारी क्षेत्रबाट अवसर मिल्ने दिन भए पनि कुराकानी गर्दा संयमता अपनाउनुहोला।
कुम्भ
कार्यक्षेत्रमा सफलता मिल्ने राम्रो दिन छ। पठनपाठनमा जाँगर बढ्नुका साथै प्रतियोगी परीक्षाको नतिजा सकारात्मक आउनेछ। तर, आफन्तबाटै धोका हुन सक्ने भएकाले व्यावहारिक लेनदेन र सम्बन्धमा सचेत रहनुहोला।
मीन
धार्मिक कार्यप्रति रुचि बढ्नेछ। व्यापारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। नयाँ योजना सुरु गर्नका लागि दिन उत्तम छ। शैक्षिक क्षेत्रमा भने गहन अध्ययनको खाँचो देखिन्छ। सवारी साधन प्रयोग गर्दा वा यात्रा गर्दा सावधानी अपनाउनुहोला।
No ads found for this position


डिसी नेपाल
Facebook Comment