सुनको मूल्य एकैदिन २१ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार पनि चाँदीको मूल्य १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ पुगेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment