प्रश्न सोध्नुअघि अनुमति लिन र मुखमा माइक नघोच्न पत्रकारलाई केपी ओलीको सुझाव

डिसी नेपाल
४ असोज २०८३ १५:२२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीहरूलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र न्यूनतम अभ्यासको पालना गर्न आग्रह गरेका छन्।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सो सुझाव दिएका हुन्।

अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासलाई उल्लेख गर्दै उनले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र अभिव्यक्ति सम्पादन गरी प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने नियम रहेको बताए।

‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने– तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि नै सोधिन्छ,’ ओलीले भने, ‘प्रश्न सोधिसकेपछि त्यसलाई प्रकाशित गर्नुअघि पनि ‘तपाईंले भनेको कुरा प्रकाशित गर्दैछौँ, गरौँ?’ भनेर सोध्ने गरिन्छ। तपाईंहरू चाहिँ अनुमति नलिई ल्याएर मुखमै माइक नघोच्नुहोस्।’

कसैको पूर्वस्वीकृति विना सिधै माइक तेर्स्याएर प्रश्न सोध्ने प्रवृत्ति मर्यादित नहुने भन्दै उनले पत्रकारहरूलाई संयमित र व्यावसायिक बन्न ध्यानाकर्षण गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *