महेश बस्नेतले मागे भरत दाहाल पक्राउबारे स्पष्ट कारण
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषय गम्भीर रहेको बताएका छन्।
बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको भन्दै दाहाल पक्राउ पर्नुको स्पष्ट कारण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
उनले कानुनी प्रक्रिया पारदर्शी हुनुपर्ने बताउँदै सरकार आलोचनाबाट डराउने नभई जवाफदेही बन्नुपर्ने धारणा राखेका छन्। बस्नेतले फरक मत निषेध गर्दै अलोकतान्त्रिक र अधिनायकवादी बाटोमा अघि बढ्दा जनआवाज विद्रोहमा परिणत हुन सक्ने चेतावनी दिएका छन्।
उनले यस्तो प्रवृत्तिले अन्ततः ‘बालेन सरकारलाई नै ठूलो क्षति पुर्याउनेछ’ भनेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment