नेपाली कांग्रेस टोखा-१० को वडा अधिवेशन सभापति सेढाईंद्वारा बहिष्कार

डिसी नेपाल
४ असोज २०८३ १६:२१

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने टोखा नगरपालिका वडा नम्बर १० को वडा अधिवेशन वडा सभापति तेजप्रसाद सेढाईंले बहिष्कार गरेका छन्।

शेरबहादुर देउवा पक्षधर मानिने सभापति सेढाईंले वडामा विधिवत् अधिवेशन नगराई एकलौटी रूपमा नेतृत्व र प्रतिनिधि चयन गरिएको आरोप लगाउँदै प्रक्रियाप्रति असन्तुष्टि जनाएर अधिवेशन बहिष्कार गरेका हुन्।

‘१६ युनिटबाट १४औं अधिवेशनमार्फत १६ जना सभापति चयन भएर आएका थियौं। यस पटकको वडा अधिवेशन आफूखुसी गरेर छानिएका २२ जना प्रतिनिधिमा मेरो पक्षका एक जनालाई पनि समावेश छैनन्,’ उनले असन्तुष्टि जनाउँदै भने।

आफ्नो उपस्थिति र सहमति विना विधानविपरित एकपक्षीय ढङ्गले क्षेत्रीय प्रतिनिधि र वडा समिति चयन गरिएकाले उक्त अधिवेशनको औचित्य नरहेको भन्दै उनले विरोध जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *