अमेरिकाको अवस्था ‘कोरोनाभाइरस महामारीको समयभन्दा खराब’
काठमाडौं । अमेरिकामा ग्यासोलीन र डिजेलको मूल्यमा भएको भारी वृद्धिको असर अब उद्योग तथा कृषि क्षेत्रमा पनि देखिन थालेको छ।
अमेरिकी समाचार संस्था सीएनएनको एक रिपोर्टमा अमेरिकी व्यवसायीहरू र किसानहरूसँगको कुराकानीका आधारमा इन्धनको बढ्दो मूल्यका कारण सिर्जना भइरहेका चुनौतीहरूलाई उजागर गरिएको छ।
रिपोर्टमा ‘इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट’ को मासिक सर्भेलाई उद्धृत गरिएको छ, जसमा धेरै अधिकारी र व्यवसायीहरूले वर्तमान परिस्थितिको तुलना कोरोना महामारीको समयसँग गरेका छन्।
रिपोर्टका अनुसार, केही व्यवसायीहरूले वर्तमान अवस्थालाई महामारीको समयभन्दा पनि बढी चुनौतीपूर्ण बताएका छन् र कोरोनाको समय अहिलेको परिस्थितिको तुलनामा राम्रो थियो भनी टिप्पणी गरेका छन्।
सीएनएनले एक कफी व्यवसायीलाई उद्धृत गर्दै ढुवानी व्यवस्थामा अवरोध, कन्टेनरको अभाव, रातो सागरको घट्नाक्रमका कारण बढेको लागत र रासायनिक मलको मूल्यमा भएको वृद्धिले व्यवसायमा दबाब बढाएको जनाएको छ।
सीएनएनका अनुसार, देशका विभिन्न उद्योगहरूसँग आवद्ध अमेरिकी व्यवसायीहरूले पनि यस्तै अवस्थाको सामना गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment