चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ मा अमेरिका जाने

डिसी नेपाल
५ असोज २०८३ १४:४०

काठमाडौं । चीनको परराष्ट्र मन्त्रालयले राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिका भ्रमणमा रहने जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको आधिकारिक वक्तव्यअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा सी अमेरिका जान लागेका हुन्।

यसअघि शुक्रबार ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पसँग पत्रकारहरूले सीको भ्रमणबारे प्रश्न सोधेका थिए। ट्रम्पले यसको जवाफमा भनेका थिए, “हामीबीच राम्रो सम्बन्ध रहेको छ। उहाँ अर्को साता यहाँ हुनुहुनेछ… हामीबीच निकै राम्रो बैठक हुनेछ।”

उनले थप भनेका थिए, “यहाँ हामीबीच धेरै फरक-फरक सम्झौताहरू हुनेछन्। चीनले हामीलाई ठूलो परिमाणमा महसुल (ट्यारिफ) तिरिरहेको छ। यसले गर्दा उनीहरूलाई ठूलो घाटा भइरहेको थियो, र म त्यसो गर्न चाहन्नथेँ।” उल्लेखनीय छ कि यसै वर्षको मे महिनामा बेइजिङमा पनि ट्रम्प र सीबीच भेटवार्ता भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *