चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना पारित

डिसी नेपाल
५ असोज २०८३ २२:४८

काठमाडौं । दसैँ, तिहार र छठलगायत चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगी, कालोबजारी तथा अनुचित व्यापारिक गतिविधि रोक्न ‘चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना–२०८३’ पारित गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सरोकारवालाको बैठकले नियमित अनुगमनबाहेक चाडपर्वलाई लक्षित गरी थप बजार अनुगमन गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख तारामान रावलले बताए।

जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार अत्यावश्यक वस्तुको आपूर्ति तथा सार्वजनिक यातायात, होटल–रेस्टुराँ, दैनिक उपभोग्य तथा फेन्सी पसल, पशु तथा मासुजन्य पदार्थ, सुनचाँदी तथा आभूषण, फलफूल तथा तरकारी र जनस्वास्थ्य तथा औषधि क्षेत्रमा अनुगमन गरिनेछ।

अनुगमनका लागि तीनै तहका सरकार, उपभोक्ता अधिकारकर्मी, सरोकारवाला निकाय र सञ्चार क्षेत्रलाई परिचालन गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *