मनमोहक गुफा पोखरी (तस्बिरहरू)

डिसी नेपाल
६ असोज २०८३ २१:२३

ताप्लेजुङ। तीनजुरे, मिल्के र जलजले क्षेत्रको मुख्य आकर्षण गुफा पोखरी पुगेपछि हिमाली दृश्य र गुराँस वनको सौन्दर्यले मन हर्ष विभोर हुन्छ। समुद्री सतहबाट २,८९० मिटर उचाइमा रहेको यो स्थानको चर्चित पोखरीकै नाममा गुफा पोखरी नामकरण भएको हो।

तीनजुरे, मिल्के र जलजलेको संगम गुफा पोखरी तेह्रथुम र सङ्खुवासभा जिल्लाको पनि मिलनबिन्दु हो। ताप्लेजुङका पश्चिमी गाउँ, तेह्रथुमका उत्तरी र सङ्खुवासभाका दक्षिणी गाविसवासी यही पोखरी मार्ग हुँदै आवतजावत गर्छन्।

हिउँदमा हिउँले पोखरी नै जम्छ। अधिक हिमपात हुने गुफा पोखरीमा पुस र माघ महिना हिउँ खेल्न सुनसरीको इटहरी, धरान, धनकुटा, तेह्रथुमको वसन्तपुर, सङ्खुवासभाको खाँदबारीदेखिका युवाको जमघट भइरहन्छ।

गुफा पोखरीसँग जोडिएको मेन्छेम डाँडा अर्को विशेषताले भरिएको छ। ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो स्थानबाट सूर्योदयको दृश्य देख्न सकिन्छ। गुफा पोखरी पुगेका अधिकांश युवायुवती बिहान ३ बजे नै सूर्योदयको दृश्य अवलोकन गर्न मेन्छेम डाँडा पुगिसकेका हुन्छन्।

गुफा पोखरी जोड्ने मोटर बाटो निर्माण पूरा भएको छ। इटहरी-धरान हुँदै ताप्लेजुङको मैवाखोला गाउँपालिका दैनिक बस सञ्चालनमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *