मध्यपूर्वमा ऊर्जा आपूर्तिका लागि वैकल्पिक मार्ग आवश्यकः ट्रम्प

डिसी नेपाल
७ असोज २०८३ १०:३४

काठमाडौं । व्यापारिक जहाजहरूमा इरानको आक्रमणपछि मध्यपूर्वको ऊर्जा आपूर्तिका लागि वैकल्पिक मार्गहरू आवश्यक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रका क्रममा गल्फ कोअपरेसन काउन्सिल र अरब नेताहरूसँग भएको एक बैठकमा ट्रम्पले यो कुरा भनेका हुन्। उनले ऊर्जा आपूर्तिका लागि इरानको नियन्त्रण नरहने खालका मार्गहरू तयार गर्नुपर्नेमा जोड दिए।

ट्रम्पले भने, “मेरो प्रशासनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोरका साथै तेल बाहिर ल्याउने अन्य माध्यमहरू, चाहे त्यो पाइपलाइन होस् या अन्य कुनै उपाय, त्यसको पूर्ण समर्थन गर्दछ।”

उनले थपे, “हामी मिलेर दशकौँदेखि यस क्षेत्रलाई सताउँदै आएका चुनौतीहरूलाई समाधान गर्ने नजिक पुगेका छौँ।” भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर एक ठूलो पूर्वाधार तथा कनेक्टिभिटी आयोजना हो।

यसको उद्देश्य भारतलाई मध्यपूर्व र युरोपसँग जोड्नु हो। यसको घोषणा सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा सम्पन्न जी-२० शिखर सम्मेलनका क्रममा गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *