भारी वर्षाको जोखिम पछि बीपी राजमार्गको ट्रयाक निर्माण कार्य केही दिन स्थगित गरिने

डिसी नेपाल
७ असोज २०८३ १८:५६

काठमाडौं। सरकारले आगामी केही दिन देशभर भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मौसम पूर्वानुमानअनुसार सम्भावित वर्षा, पहिरो र सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य रोक्ने निर्णय गर्न लागिएको जानकारी दिए। यस कदमले सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्नुका साथै यातायात सञ्चालनलाई थप सुरक्षित र सहज बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।

मन्त्री लम्सालले वर्षा तथा पहिरोको उच्च जोखिम रहेकाले यात्राका क्रममा विशेष सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोधसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *