अत्यधिक वर्षाको जोखिमपछि वीरेन्द्रनगरका विद्यालयमा सार्वजनिक बिदा
सांकेतिक तस्बिर
वीरेन्द्रनगर । अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा असोज ९ गते आइतबार एक दिन बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द रहने जनाएको हो।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सम्बन्धित निकायहरूको पूर्वअनुमानअनुसार भारी वर्षा भई जोखिम बढ्न सक्ने सम्भावना देखिएकाले बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको सूचनाका आधारमा नगर कार्यपालिकाको कार्यालयले उक्त निर्णय गरेको हो।
साथै, नगरपालिकाले सम्भावित विपद्बाट जोगिन पूर्वतयारी, आवश्यक समन्वय र सहजीकरणका लागि सक्रिय रहन नगरभित्रका सबै विद्यालयहरूलाई आग्रहसमेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment