नारायणगढ-मुग्लिन सडकखण्ड आज राति बन्द हुने

डिसी नेपाल
८ असोज २०८३ १६:३१

चितवन। भारी बर्षाको सम्भावना भएपछि आज राति नारायणगढ-मुग्लिन सडक बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चितवन आसपासमा निरन्तर बर्षा भइरहेको र अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएकोले आज बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म नारायणगढ मुग्लिन सडक खण्डमा सबै किसिमका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको जनाएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक राति यात्रा नगर्न र अत्यावश्यक अवस्थामा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *