ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, १० घर जलेर नष्ट

डिसी नेपाल
८ असोज २०८३ १५:३१

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मङ्गलबार भीषण आगलागी भएको छ। स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सट भई सुरु भएको आगोले अहिलेसम्म करिब १० वटा घर जलेर पूर्ण रूपमा नष्ट भइसकेका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार ५० भन्दा बढी घरधुरी रहेको सो बजारमा अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ। आगो निभाउनका लागि दमकलको समेत प्रयोग गरिएको छ।

घटनास्थलमा उद्धार तथा आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजङ्गा गुल्मबाट टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *