अस्वाभाविक चालढालपछि त्रिभुवन विमानस्थलमा ५३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५३५ ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
अस्वाभाविक हाउभाउ र शंकास्पद गतिविधिका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गर्दा भित्री वस्त्रमा लुकाएर ल्याएको अवस्थामा सो सुन फेला परेको हो।
फ्लाई दुबईको उडान नम्बर एफजेट-५७३ (FZ573) मार्फत काठमाडौं अवतरण गरेका भारतको केरला स्थायी घर भएका मोहम्मद चेरा थोडी (राहदानी नम्बर T3456050) लाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शंका लागेर उनको शरीर र कपडा जाँच गर्दा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा पोका पारी (पिङ गरी) लुकाएर राखिएको अवस्थामा ५३५ ग्राम पहेँलो धातु (सुन) बरामद भएको हो।
उक्त सुन भन्सार छलेर गैरकानुनी रूपमा नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment