नेप्सेमा ५ अर्ब ४४ करोडभन्दा बढीको कारोबार, अधिकांश उपसूचकमा हरियाली
काठमाडौं। नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ। आज विहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५६ कम्पनिका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मा कारोबार भएको थियो। आज निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी नेपाल लुब आयलको शेयर १२.४७ प्रतिशतले बढेको छ भने सोनापुर मिनरल्सको शेयर ७.६५ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी मिड सोलु हाइड्रोको शेयर ११.५८ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३५ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टीलरीको ३५ करोड १६ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment