अविरल वर्षाले कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध

डिसी नेपाल
९ असोज २०८३ ५:५५

काठमाडौं । बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सोही स्थानमा भीषण पहिरो गएको थियो। उक्त पहिरो पन्छाएर माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि असोज १ गतेदेखि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *