आजको राशिफल: कर्कटलाई धनलक्ष्मी योग, कन्या र मीनका जातक सतर्क रहनुपर्ने
-
मेष: दिन राम्रो छ। सहयोगीको साथ मिल्नुका साथै सहकार्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने वैदेशिक क्षेत्रतर्फ मन आकर्षित हुनेछ।
-
वृष: गुम्न लागेको धन फिर्ता हुने शुभ योग छ। स्वास्थ्य र शिक्षामा प्रगति हुनुका साथै परिवारको पूर्ण साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ, तर राजनीतिबाट टाढै रहनु उपयुक्त हुनेछ।
-
मिथुन: दिन सामान्य रहनेछ। लगानीका क्षेत्र सबल छन् र दाजुभाइसँगको सहकार्यले फाइदा पुग्याउनेछ। आफन्तबाट धोका हुनसक्ने भएकाले सतर्क रहनुहोला; धार्मिक कार्यमा सहभागी हुनाले मन शान्त रहनेछ।
-
कर्कट: दिन अत्यन्तै राम्रो छ। धनलक्ष्मी योग परेकाले आकस्मिक लाभ हुनसक्छ। विपक्षीको साथ मिल्ने, रोगबाट मुक्ति पाइने र राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी पाउने योग छ।
-
सिंह: शिक्षा, व्यापार र लगानीका क्षेत्रबाट उत्साहजनक फाइदा हुनेछ। राजनीतिमा नामको चर्चा हुनेछ भने स्वास्थ्यमा सुधार आउनेछ। काम गर्दा अग्रजको सुझाव लिनु हितकर हुनेछ।
-
कन्या: दिन केही चुनौतीपूर्ण छ। ऋण बढ्न सक्ने र वैदेशिक लगानीबाट घाटा हुनसक्ने योग छ। राजनीतिमा प्रतिस्पर्धी सक्रिय रहने र बोलीका कारण आफन्त टाढिन सक्ने भएकाले संयम अपनाउनुहोला।
-
तुला: नयाँ र राम्रा योजना बन्ने दिन छ। पुराना साथीभाइ तथा परिवारको साथ मिल्नेछ। सामाजिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएका प्रयास सफल हुनेछन्।
-
वृश्चिक: सञ्चित धन खर्च हुने र सोचेको काममा बाधा पुग्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्नुहोला। शिक्षामा बढी मिहिनेतको खाँचो छ। धार्मिक गतिविधिले मनलाई राहत दिनेछ।
-
धनु: दिन शुभ छ। हिम्मतका साथ गरिएको व्यापार र लगानीले राम्रो प्रतिफल दिनेछ। खर्च बढे पनि मान-प्रतिष्ठा र इज्जतमा वृद्धि हुनेछ।
-
मकर: नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ। विपक्षीको समेत साथ मिल्नुका साथै स्वास्थ्य क्षेत्रबाट लाभ हुनेछ। परिवारसँग रमाइलो भ्रमणको योग छ।
-
कुम्भ: आर्थिक क्षेत्रमा सुधार आउनेछ। स्वास्थ्यमा प्रगति हुनुका साथै शिक्षा र रोजगारीमा पदोन्नतिको सम्भावना छ। दैनिक कार्यहरू सहजै सम्पन्न हुनेछन्।
-
मीन: स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। सहकर्मीबाट धोखा हुनसक्ने जोखिम रहेकाले सतर्क रहनुहोला। परिवारको साथ रहनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment