पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

डिसी नेपाल
९ असोज २०८३ ८:१०

चितवन। बिहीबारदेखिको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा खसेको पहिरो र सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८:०० बजेदेखि आज बिहान ५:०० बजेसम्मका लागि ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तरको वर्षा नरोकिएपछि अर्को सूचना नआएसम्मका लागि सडक बन्द कायम राखिएको हो।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले सुरक्षालाई ध्यानमा राख्दै चितवन खण्डमा सवारीसाधनको आवागमन रोकिएको उनले जानकारी दिए।

देशका मुख्य राजमार्गका रूपमा रहेका यी सडक खण्डहरूमध्ये नारायणगढ-मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग भएर १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्दछन्। सडक अवरुद्ध भएसँगै हजारौं यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *