नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
काठमाडौं। नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएर विश्वका १८७ मुलुकमा पुगेको छ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर समारोहअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा गहन विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो।
भेटका क्रममा दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोगका नयाँ सम्भावनाहरू पहिल्याउँदै दुवै देश र जनताको साझा प्रगति एवं समृद्धिका लागि सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment