अविरल वर्षासँगै बढेको सिमात खोलाले बगाउँदा मकवानपुरमा एक जनाको मृत्यु

डिसी नेपाल
९ असोज २०८३ १०:५८

मकवानपुर। मकवानपुरस्थित सिमात खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-१ का श्यामबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बकैया गाउँपालिका-११ र मकवानपुरगढी गाउँपालिका-१ को सीमानामा पर्ने सिमात खोलामा बिहीबार साँझ एक पुरुषको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको थियो।

स्थानीयवासीले खबर गरेलगत्तै अस्थायी प्रहरी पोस्ट गरगरे, छतिवन र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको संयुक्त प्रयासमा खोलाको बीचमा अड्किएको शवलाई बाहिर निकालिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *