लिङ्गे पिङमा चचहुई सररररर…(फोटोफिचर)

डिसी नेपाल
२१ असोज २०७६ ६:४४

काठमाडौं। बडादशैंका अवसर एक पटक जमीन छाड्नै पर्ने मान्यता रही आएको छ। त्यसैले पनि होला दशैंमा लिङ्गे पिङको निकै महत्व रहेको छ। नेपालीको महान् चाड विजया दशमी घटस्थापनासँगै सुरु हुने गर्छ।

सोही दिनबाट ठाउँ ठाउँमा पिङ राखेर खेल्न सुरु गरिन्छ। विशेष गरेर फूलपातीबाट टीकाको दिनसम्म सबैले बिदा लिने हुँदा त्यो ५ दिन अवधिमा पिङ खेल्नेको उल्लेखीय घुँइचो लाग्ने गर्दछ।

लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *