कुकुरको मासु बिक्री गर्ने वृद्ध पक्राउ

डिसी नेपाल
९ असोज २०८३ १९:२८

धनगढी । कुकुरको मासु बिक्री–वितरण गरेको आरोपमा कैलालीबाट एक जना ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ का सुरेश नेपालीलाई कुकुरको मासु बिक्रीका लागि काटेर राखेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुकुरको मासु बिक्री भइरहेको भन्ने विशेष सूचना पाएपछि खटिएको प्रहरी टोलीले नेपालीलाई नियन्त्रणमा लिएको थियो।

तर, बरामद गरिएको मासु कुकुरकै हो वा अन्य कुनै जनावरको भन्ने विषयमा अझै पुष्टि भइसकेको छैन। प्रहरीले मासुको वास्तविक स्रोत पहिचानका लागि नमुना प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी भइरहेको जनाएको छ। प्रयोगशालाको परीक्षण रिपोर्ट आएपछि मात्रै तथ्य खुल्ने प्रहरीको भनाइ छ।

पक्राउ परेका नेपालीलाई फिलहाल इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *