पाल्पामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता

डिसी नेपाल
९ असोज २०८३ १९:४५

काठमाडौं। पाल्पाको रिब्दीकोट गाउँपालिका ६ धुस्तुङ गोलफानमा पहिरोले दुई वटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन्।

अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको तीन तले कच्ची घर पुरेको प्रहरीले जनाएको छ।

पहिरोमा केसुराम सारू मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारू घरभित्रै पुरिएर बेपत्ता भएकी हुन्। उनका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।

घरभन्दा करिब २०० मिटर माथि रहेको मोटरबाटोबाट पहिरो तथा लेदो निरन्तर बगिरहेको कारण तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको र बेपत्ता महिलाको खोज तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *