भारी वर्षाको जोखिम: बैतडी र दार्चुलामा २४ घण्टाका लागि सवारीसाधन सञ्चालनमा रोक
बैतडी। लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम उच्च भएपछि सुदूरपश्चिमका दुई पहाडी जिल्ला बैतडी र दार्चुलामा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुलालाई ‘अति जोखिमयुक्त’ जिल्लाका रूपमा वर्गिकरण गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले यातायात बन्द गर्ने निर्णय गरेका हुन्।
बैतडीमा आज बिहान ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्मका लागि जिल्लाभर गाडी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। गए रातिदेखि नै लगातार वर्षा भइरहेकाले कुनै पनि सम्भावित दुर्घटनाबाट बच्न स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधन नचलाउन यातायात व्यवसायी र सर्वसाधारणलाई अपिल गरेको छ।
त्यस्तै, दार्चुलामा पनि बाढी-पहिरोको तीव्र जोखिमलाई ध्यानमा राख्दै यातायात सेवा बन्द गरी नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment