सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

डिसी नेपाल
१० असोज २०८३ १५:१२

नवलपरासी। अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीय बासिन्दाको सकुशल उद्धार गरेको छ।

अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरमा पानी पसेपछि असोज १० गते बिहान पौने ९ बजेतिर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा खटिएको २१ जनाको टोलीले बाढीमा फसेका २९ जना स्थानीय बासिन्दालाई सकुशल उद्धार गरेको हो।

उद्धार टोलीले स्थानीय बासिन्दाका साथै एउटा गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका सबै नागरिक तथा चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले थप उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *