संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता (तस्बिरहरू)
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्। उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए। न्युयोर्क बसाइका क्रममा उनले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यबारे धारणा राखेका थिए।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी-त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको सङ्कटको प्रत्यक्ष उदाहरणका रूपमा प्रस्तुत गरे। हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले जलवायु उत्सर्जनमा नगण्य योगदान रहेका नेपालजस्ता देशहरूले यसको ठूलो मूल्य चुकाउनुपरेको बताए।
‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै उनले हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसहित छिमेकी मुलुक चीन र भारतसम्म फैलिएको उल्लेख गरे। साथै, जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित मुलुक र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा उनले जोड दिएका छन्।










No ads found for this position



डिसी नेपाल
Facebook Comment