राजमार्गहरू ठप्प भएपछि नयाँ बसपार्कमै थन्किए लामो दूरीका बस

डिसी नेपाल
१० असोज २०८३ १७:४८

काठमाडौं। निरन्तरको अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बसहरू थन्किएका छन्।

पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ लगायतका मुख्य सडकखण्डमा ठाउँ-ठाउँमा पहिरो खस्नुका साथै सडक भासिएपछि बिहीबारदेखि नै गाडीहरू बसपार्कमै रोकिएका हुन्।

राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा दशैँ-तिहार जस्ता मुख्य चाडपर्वको मुखमा घर फर्कन लागेका हजारौँ यात्रुहरू गन्तव्यमा जान नपाई अलपत्र परेका छन्।

बसपार्कमा लामो दूरीका दर्जनौँ सवारी साधनहरू लहरै पार्क गरेर राखिएका छन् भने टिकट काटिसकेका यात्रुहरू सडक खुल्ने पर्खाइमा समस्यामा परेका छन्।

यातायात व्यवसायीका अनुसार सडक विभाग र प्रहरीले अवरुद्ध राजमार्ग पूर्ण रूपमा खुलाएको पुष्टि नगरेसम्म जोखिम मोलेर गाडी नछाड्ने निर्णय गरिएको छ। सडकको अवस्था सुध्रिएपछि मात्रै लामो दूरीका बसहरू गन्तव्यतर्फ प्रस्थान गराइने नयाँ बसपार्क व्यवस्थापनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *