पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा
सुर्खेत। कर्णाली राजमार्गको सुर्खेत–बाङ्गेसिमल–दहीखोला खण्डअन्तर्गत तल्लो डुङ्गेश्वर–दाग्रे खोला तथा सुर्खेत–दैलेख सीमा नजिक अमलिसे क्षेत्रमा पहिरो, लेदो र ढुंगा खसेर अवरुद्ध सडक खुलाइएको छ।
त्यस्तै, तल्लो डुङ्गेश्वर–सियाकोट–दैलेख सडकको तल्लो डुङ्गेश्वर–सियाकोट खण्डमा आएको पहिरो तथा लेदो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। अत्यावश्यक सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ।
वर्षा निरन्तर भइरहेकाले पहिरो, ढुंगा तथा लेदो खस्ने जोखिम कायमै रहेकाले सडक प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment