होण्डाको दशैं-तिहार अफर: नयाँ बाइक वा स्कुटर खरिदमा १ लाखसम्म जित्ने अवसर
काठमाडाैं। नेपालीहरूको महान् चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्याकार ट्रेडिङ कम्पनी प्रा. लि.ले ‘यो दशैं, आशाको सुरुवात’ नामक विशेष ग्राहक योजना सार्वजनिक गरेको छ।
चाडपर्वको खुसी साट्ने उद्देश्यले ल्याइएको यस अफरअन्तर्गत होण्डाको नयाँ बाइक वा स्कुटर खरिद गर्दा ग्राहकले स्क्र्याच कुपनमार्फत रु. १ लाखसम्मको आकर्षक नगद पुरस्कार जित्न सक्नेछन्।
यस योजनाको मुख्य विशेषताका रूपमा रहेको ‘सहयोगको संकल्प’अन्तर्गत प्रत्येक हप्ता सातै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता चयन गरिनेछ, जसले रु. १ लाखसम्म प्राप्त गर्नेछन्।
विजेताले प्राप्त गरेको सोही रकम बराबरको थप रकम होण्डा नेपालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा योगदान गर्ने भएकाले ग्राहकलाई पुरस्कार जित्नुका साथै सामाजिक तथा परोपकारी कार्यमा जोडिने अवसरसमेत मिल्नेछ।
यसका साथै ग्राहकको सुविधाका लागि रु. १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन, ७ वर्षसम्म निःशुल्क सर्भिसिङ वा ५ वर्षका लागि वार्षिक मर्मत सम्झौता (एएमसी) मध्ये कुनै एक सुविधा रोज्न सकिनेछ।
खरिद प्रक्रियालाई सहज बनाउन स्याकार हायर पर्चेज प्रा. लि.मार्फत सजिलो फाइनान्सको सुविधा पनि उपलब्ध गराइएको छ। यस अफरसम्बन्धी थप जानकारीका लागि नजिकैको होण्डा शोरुम वा टोल फ्री नम्बरहरू १६६००१४६६३२ र ९८०१५७११११ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment