बिनाकारण भीआईपी पक्राउ जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले सरकारको पछिल्लो कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।
सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको हो भने त्यो स्वयम् सरकारकै लागि घातक सिद्ध हुने उनले बताए।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रसङ्गप्रति लक्षित गर्दै उनले ‘सुरक्षा थ्रेट’ को विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको दाबी गरे।
“सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो, त्यो लाटोले पनि बुझ्छ,” प्रचण्डले भने, “यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गरेर लैजानुको साटो घरमै सुरक्षाकर्मीको सङ्ख्या बढाइदिनुपर्थ्यो।” उनले यस्ता घटना नदोहोर्याउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए।
यसैबिच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्यबारे टिप्पणी गर्दै प्रचण्डले वर्तमान स्थितिमा प्रधानमन्त्रीले जे बोल्नुपर्ने थियो, त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिए।
यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्रीको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने स्पष्ट पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment