मधेशमा वैकल्पिक राजनीतिक अभियान : रामकुमार शर्मा सहजकर्ता र केशव झा प्रवक्ता चयन

डिसी नेपाल
१२ असोज २०८३ १४:२२

काठमाडौं।  मुलुकमा नयाँ र बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ विभिन्न राजनीतिक दलका दोस्रो तथा तेस्रो पुस्ताका युवा नेताहरू गोलबद्ध भएका छन्।

असोज ९ गतेदेखि सुरु भएको युवा नेताहरूको बैठकले अभियानलाई थप सशक्त र सङ्गठित रूपमा अघि बढाउने निर्णय गर्दै नेतृत्व तथा जिम्मेवारी बाँडफाँड गरेको छ।

बैठकले संविधानसभा सदस्य रामकुमार कश्यप (रामकुमार शर्मा) लाई अभियानको अभियान सहजकर्ता चयन गरेको छ भने राजनीतिकर्मी तथा युवा नेता केशव कुमार (केशव झा) लाई प्रवक्ताको जिम्मेवारी सुम्पिएको छ।

नयाँ राजनीतिक शक्ति निर्माणको यो अभियानलाई रणनीतिक रूपमा अघि बढाउन आगामी दिनमा चाँडै नै विभिन्न विभागीय प्रमुखहरूको समेत चयन गरिने अभियान्ताहरूले जानकारी दिएका छन्।

मुलुकको वर्तमान राजनीतिक अन्योल र पुराना शक्तिहरूको विकल्प खोज्दै युवाहरूलाई एकजुट बनाउने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो। अभियान अन्तर्गत झापादेखि कञ्चनपुरसम्म ‘सय दिने मेची-काली यात्रा’ छिट्टै सञ्चालन गरिनेछ।

देशव्यापी रूपमा जनता र युवाहरूसँग प्रत्यक्ष जोडिएर नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने उद्देश्यका साथ यात्राको तयारी अन्तिम चरणमा पुर्‍याइएको अभियानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *