नेपालगन्जबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
काठमाडौं। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित होटल डायमण्ड प्यालेसबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले मंगलबार साँझ ५ बजे उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रिजवान अहमद इदरीशी, माज अहमद र रफत खान रहेका छन्। उनीहरूबाट शुद्ध तौल ८०८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट यूपी ३२ एफएच २६७९ को एक थान स्कुटी बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment