चाडपर्व सकिएलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

डिसी नेपाल
१३ असोज २०८३ २२:०६

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले चाडपर्व सकिएलगत्तै आफ्नो पार्टी सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने बताएका छन्।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार महँगी, भ्रष्टाचार र कुशासनमा लिप्त भएकाले त्यसको प्रतिवाद गर्न आन्दोलनको विकल्प नरहेको दाबी गरेका हुन्।

भर्खरै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारका जनविरोधी गतिविधि र अधिनायकवादी हर्कतविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए।

पार्टीभित्र फैल्याइएका भ्रमहरू चिरेर कार्यकर्ता पङ्क्तिलाई जुझारु बनाइएको उल्लेख गर्दै उनले अब एमाले सरकारका गलत काम कारबाहीलाई मूकदर्शक बनेर हेरेर नबस्ने स्पष्ट पारे

।नेता बस्नेतका अनुसार केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई अझ सुदृढ बनाउँदै सम्पूर्ण कार्यकर्तालाई आन्दोलनका लागि परिचालन गर्ने स्पष्ट म्यान्डेट दिएको छ। चाडबाड लगत्तै जनजीविकाका सवाल र सुशासनका पक्षमा एमालेले देशभर विरोधका कार्यक्रमहरू अगाडि बढाउने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *