६ जिल्लाका सीडीओको सरुवा

डिसी नेपाल
१४ असोज २०८३ ५:०४

काठमाडौं। गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ।

असोज १२ गते सोमबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार ६ जिल्लाका सीडीओ र दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) हरूको जिम्मेवारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयको निर्णयानुसार सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको हो। यस सरुवा प्रक्रियाअन्तर्गत केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई मन्त्रालय तानिएको छ भने मन्त्रालय तथा अन्य जिल्लामा कार्यरत अधिकारीहरूलाई नयाँ जिल्लाको प्रशासनिक नेतृत्व सुम्पिएको छ।

यसैगरी मन्त्रालयले दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा र नयाँ पदस्थापन गरेको छ। गृह मन्त्रालयका अनुसार प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र चुस्त बनाउन नियमित प्रक्रियाअन्तर्गत यो हेरफेर गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *