महाकालीको बाढीले दोधारा-चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुल भत्कायो

डिसी नेपाल
१४ असोज २०८३ ९:१४

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीका कारण भत्किएको छ।

बुधबार बिहान करिब ८ बजे महाकाली नदीमा आएको बाढीले पुलको एक भाग बगाएको हो। नदीको बीच भागमा रहेको पिलर भत्किएपछि त्यससँग जोडिएको पुलको ठूलो हिस्सा नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको हो। पिलर भत्किएसँगै पुलको संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।

महाकाली नदीमा पछिल्लो समय आएको बाढीका कारण नदीको बहाव तीव्र बनेको थियो। बाढीले पुलको पिलरमा निरन्तर दबाब दिएपछि पुलको संरचना भत्किएको बताइएको छ।

पुल भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त क्षेत्रबीचको आवतजावत प्रभावित भएको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थलको निरीक्षण तथा अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *