जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

डिसी नेपाल
१४ असोज २०८३ १२:००

धादिङ। धादिङको गंगाजमुना गाउँपालिका-५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ।

अवस्था जटिल भई ज्यान नै जोखिममा परेकी तामाङको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत हवाई उद्धार गरिएको हो।

उद्धारलगत्तै उनलाई थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्‍याइएको छ। हाल अस्पतालमा उनको आवश्यक विशेषज्ञ उपचार भइरहेको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले यो आपत्कालीन हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *