अर्थ मन्त्रालयबाट दुई सहसचिव बाहिरिए, तीन पद रिक्त

डिसी नेपाल
१४ असोज २०८३ १५:५९

काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अर्थ मन्त्रालय मातहत कार्यरत दुई जना सहसचिवको सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव रामकृष्ण पुडासैनी र महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक (सहसचिव) विष्णुप्रसाद ज्ञवालीको सरुवा भएको हो।

सरुवापछि सहसचिव पुडासैनीलाई घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने सहसचिव ज्ञवालीलाई गृह मन्त्रालयमा पठाइएको छ।

सोही बैठकले विभिन्न मन्त्रालय तथा निकायका गरी १७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको भए पनि अर्थ मन्त्रालयमा भने नयाँ सहसचिव पठाइएको छैन। दुई सहसचिव बाहिरिएका र नयाँको आगमन नभएकाले अर्थ मन्त्रालय मातहत हाल सहसचिवका तीन वटा पद रिक्त हुन पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *