बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता महिलाको शव फेला
बागलुङ। बागलुङमा यही असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।
गत असोज ११ गते आएको पहिरोमा परी बेपत्ता भएकी तमानखोला गाउँपालिका-४ सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेसँगै मृतकको सङ्ख्या १३ पुगेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार बेपत्ता विकको शव फेला परेको हो।
पहिरोले घर पुरिँदा जिल्लाका विभिन्न गाउँपालिकाहरूमा ठूलो जनधनको क्षति भएको छ।
जसअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जना गरी कुल १३ जनाको ज्यान गएको हो। तमानखोला गाउँपालिकामा पहिरोमा परी मृत्यु हुने अन्य व्यक्तिहरूमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपाली रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment