एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

डिसी नेपाल
१६ असोज २०८३ ६:२७

काठमाडाैं।  बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।

स्वदेश फर्किएका टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे।

यस पटकको एसियाली खेलकुदमा नेपाली टोलीले पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट र ऐतिहासिक प्रदर्शन गर्‍यो। नेपालले समूह चरणकै खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै १२ वर्षपछिको ऐतिहासिक जित दर्ता गर्न सफल भएको थियो।

तर, प्रतियोगिताको पछिल्लो चरणमा भने वर्षा टोलीका लागि मुख्य बाधक बन्यो। समूह चरणको अन्तिम खेलमा वर्षाका कारण आयोजक जापानसँग अंक बाँड्नुपरेको भए पनि नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा बलियो प्रतिस्पर्धी श्रीलंकको सामना गरेको नेपालका लागि उक्त खेलमा पनि वर्षाले नै निराशा थपिदियो।

वर्षाका कारण खेल रद्द भएपछि ICC टी-२० वरियतामा श्रीलंकाभन्दा पछाडि भएकै आधारमा नेपाल प्रतियोगिताबाट बाहिरिन पुग्यो। यससँगै एसियाली खेलकुदको क्रिकेटमा क्वार्टरफाइनलको यात्रा पार गर्ने नेपाली टोलीको प्रयास यसपटक पनि अधूरा नै रह्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *