धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर [तस्बिरहरू]

डिसी नेपाल
१७ असोज २०८३ ८:१८

काठमाडौं। काठमाडौं उपत्यकाको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर धार्मिक सहिष्णुता र ऐतिहासिक सम्पदाको उत्कृष्ट उदाहरण मानिन्छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मन्दिरलाई नेपालका प्राचीन बौद्ध विहारहरूमध्ये एक महत्त्वपूर्ण एवं पवित्र स्थलका रूपमा लिइन्छ। बज्रयोगिनी मन्दिरमा विशेषगरी बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूले समान श्रद्धा र आस्थाका साथ पूजा-आजा तथा दर्शन गर्ने गर्छन्।

साँखुको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग गहिरोसँग जोडिएको बज्रयोगिनी क्षेत्र आन्तरिकका साथै बाह्य पर्यटकहरूका लागि समेत मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ।

(तस्बिर: सुशान्त लामिछाने/नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *