नवलपरासी पूर्वमा बस दुर्घटना: ६ जनाको मृत्यु, १० घाइते
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट नालामा पल्टिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा बसमा चालकसहित जम्मा १८ जना यात्रु सवार थिए।
दुर्घटनामा परी ज्यान गुमाउने ६ जनामध्ये जाजरकोटको भेरीगङ्गा नगरपालिका-३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको मात्र सनाखत भएको छ। अन्य मृत पाँच जनाको नाम र ठेगाना अझै खुल्न नसकेको र उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय स्वास्थ्य संस्था तथा नजिकैका अस्पतालहरूमा उपचार भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment