उपत्यकामा २४ घण्टाभित्र ६४७ सवारी चालक कारबाहीमा: मापसे गर्ने ८७ र तीव्र गतिका १३२ जना परे

डिसी नेपाल
१८ असोज २०८३ ७:१५

काठमाडौं।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने ६४७ जना सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

आइतबार बिहानसम्म सञ्चालन गरिएको विशेष जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८७ जना, सिसिटिभीमार्फत निगरानी गरी ४६ जना र रातो बत्तीको इसारा उल्लंघन गर्ने २३ जना चालकलाई कारबाही गरिएको हो।

यसैगरी, निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी हाँक्ने १३२ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने सात जना, लेन अनुशासन उल्लंघन (लेन क्रस) गर्ने पाँच जना, यान्त्रिक अवस्था ठिक नरहेका सवारीसाधन चलाउने २५ जना र एकतर्फी (वान वे) सडकमा सवारी हाङ्ने आठ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने ३२२ जना चालकलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *